जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मधेशको कृषि क्षेत्रमा अहिले देखिएको समस्या सम्बोधन गर्न आफूले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरि पहलकदमी लिने बताएका छन् । मधेस प्रदेशमा कृषिको अवस्था, सरकारले खडेरीका कारण विपद क्षेत्र घोषणा गरे पछिको अवस्था , रासायनिक मलको उप्लब्धता, किसानले भोग्नुपरेको समस्या, किसानलाई आवश्यक रासायनीक मलको उपलब्धता, कृषियोग्य भुमिमा सिंचाइको अबस्था, उखु किसानको समस्या तथा कृषिमा आधुनिकीकरणको योजना लगायतका विषयमा जानकारी लिन सासदहरुको टोलीसहित जनकपुर पुगेका मन्त्री अधिकारीले मधेश प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा छ्लफल गरेका छन् ।
मन्त्री अधिकारीले मधेस प्रदेशमा अहिले कृषि क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न संघीय सरकारले उच्च प्राथमिकता दिएको र रासायनिक मल लगायतमा दिँदै आएको सहुलियतको मात्रा बढाउन मन्त्रालयले पहल गरिरहेको बताए । छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेस प्रदेश कृषि मन्त्री जनार्दनसिंह क्षेत्री, प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री रामकृष्ण यादव, प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री अमनलाल मोदी, प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री हरि प्रसाद उप्रेती, प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, मधेस प्रदेश सरकारका मुख्य सचिव मदन भुजेल, मधेस प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहाल लगायत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित निकायका उच्च तहका कर्मचारी एवं प्रतिनिधिहरू सहभागी थिए ।
छलफलका क्रममा उठेका विषयवस्तुहरूलाई तत्काल सम्बोधन गर्न संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरि तत्कालिन, अल्पकालिन र दिर्घकालिन किसिमको योजना तर्जुमा गरि कार्यन्वयन गर्न–गराउन आवश्यक पहलकदमी लिने मन्त्री अधिकारीले बताए ।






















