Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एक लाख अवलोकनकर्ताको सहभागितासहित नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२५ सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ । साउन २१ गते सुरु भएको एक्स्पो एक लाखभन्दा धेरै दर्शकहरुले अवलोकन गरेका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी,स्थानीय तहका जन प्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज व्यक्ति, कुटनितिक नियोगका पदाधिकारी तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको एक्स्पो सोमबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न भएको हो ।

समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै नाइमाका अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको बताइन् । एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरुको सामूहिक योगदानले एक्स्पो सफल भएकोमा उनले जोड दिइन् । “यो पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५ को समापन कार्यक्रममा उभिँदा म अत्यन्त उत्साहित छु — तपाईंहरूले यो एक्स्पोलाई साँच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो । एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईंहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोश देख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकास गरेको अनुभव भएको छ ।” अध्यक्ष वैद्यले भनिन् ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाईका सत्रहरु संचालन गरि नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिवद्घ छ भन्ने संदेश प्रवाह गरेको बताए । यी सत्रहरु सहभागीहरुका लागि निःशुल्क प्रवेशसहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्ध प्रतिष्ठित विज्ञहरुको सहभागितामा संंचालन गरिएको थियो ।

नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा सरकार, सरोकारवालाहरु र दातृ निकायहरु तथा उपभोक्ताहरुको सहभागितामा आयोजना गरिने कार्यकारी निर्देशक दुलालले बताए । सवारी साधनमात्रै प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पो– नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२५ मा पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन तेह्र हजार पाँच सय, तेश्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँच सय, पाँचौ दिन बाइस हजार र छैठौँ दिन सात हजार आठ सय दर्शकहरुले अवलोकन गरेका छन् । साउन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि खुला रहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए ।

Health Tips Ad Road Block