Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जनकपुरमा रेल र टाटा कार ठोक्किए, गाडी भित्र सबैजना सुरक्षित

Citizenlife ad 2082 falgun to baishak 2083

धनुषा। जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र कार एकआपसमा ठोक्किँदा कारमा सवार तीनै जना यात्रु सुरक्षित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बिहान ८ः३० बजे महोत्तरीको पिपराढी रेल्वे स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको टियागो कार क्रसिङ क्षेत्रमा नेपाल रेल्वेको रेलसँग ठोक्किएको थियो ।

ठक्करका कारण कारमा बाह्य क्षति देखिएको भए पनि यसको संरचनात्मक मजबुतीका कारण कारभित्र सवार यात्रुहरूलाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीहरूले ठक्कर हुँदा ठूलो आवाज सुनिएको र दुर्घटनाको तत्कालै प्रभावकारी उद्धार कार्य सम्पन्न गरिएको बताए ।

दुर्घटनापछि केही समयका लागि रेल सेवा अवरुद्ध भए तापनि प्रहरीले छिट्टै सेवा सुचारु गरिएको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, यात्रुहरू सुरक्षित रहनुमा कारको बलियो संरचनाले निर्णायक भूमिका खेलेको ठहर गरिएको छ । घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ ।

Health Tips Ad Road Block