Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भोलि चन्द्रागिरि भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती हुने, साँझ ४ बजेपछि केवलकार टिकट ४०० रुपैंयामै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। भोलि साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको  छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्ट्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो।

कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन-किर्तन सञ्चालन हुनेछ। साँझ ६:३० बजेपछि विशेष महाआरती हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

चन्द्रागिरि हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ। सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र रू. ४०० मा उपलब्ध हुनेछ।
यसअधि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ। भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको कम्पनीले जनाएको छ ।

चन्द्वागिरि हिल्स लिमिटेडले सबै श्रद्धालु भक्तजनहरूलाई समयमै उपस्थित भई दर्शन, भजन र महाआरतीमा सहभागी भई अध्यात्मिक ऊर्जा प्राप्त गर्न भनेको छ ।

Health Tips Ad Road Block