Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माइडियाका उन्नत एआई प्रविधियुक्त एयर प्युरिफायर के जे५०० जी–११ र के जे४०० जी–जेड १ प्रो नेपाली बजारमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वायु प्रदूषणका चुनौतीहरू दिनदिनै गम्भीर बन्दै गइरहेको नेपाली सन्दर्भमा, विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर बजारमा, के जे५०० जी–११ र के जे४०० जी–जेड१ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धिकरण क्षमतासहित नेपालका घर, अफिस र व्यवसायिक स्थानहरूका लागि आदर्श समाधान भएको प्रोडक्टको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सको भनाइ रहेको छ ।

नेपालव्यापी वायु प्रदूषण समाधान

नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको कम्पनीले जनाएको छ ।

–तराईः आर्द्रताजनित फफूंदी, धुलो र पराग हटाउने क्षमता।

–पहाडः जाडो मौसमको कुहिरो र घरायसी धुवाँ (मौला, उइँठो) शुद्ध गर्ने।

–शहरः सवारी साधन र निर्माण कार्यबाट उत्पन्न विषालु कण (पिएम २.५) नियन्त्रण।

उत्पादन विशेषताहरूः

के जे५०० जी–११ (ठूला क्षेत्रका लागि)

–क्लियर एयर डेलिभरी रेट(सीएडीआर)ः ४५० एमक्यूप्रतिआहवर

–कभरेज क्षमताः ६६मीटर स्क्वायर सम्म

–एआइ मोड (स्वचालित प्रदर्शन नियन्त्रण)ः कम्पनीका अनुसार यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्याङ्कन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि, उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोडमा चल्ने गर्छ।

–एच१३ एचइपीए फिल्टरः पिएम २ं५ , पराग, धुलो लगायत सूक्ष्म कणहरू हटाउने उच्च(स्तरीय फिल्टर।

–प्लाज्मा स्टेरिलाइजेशन प्रविधिः हानिकारक ब्याक्टेरिया र भाइरस नष्ट गर्ने उन्नत प्रणाली।

के जे४०० जी–जेड१ प्रो (सानो क्षेत्रका लागि)

क्नि एयर डेलिभरी रेट(सीएडीआर): ३८० एमक्यूप्रतिआहवर

–कभरेज क्षमतास् ५५ मीटर स्कवायर सम्म

–एच१३ एचइपीए फिल्टरः घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धिकरण प्रणाली।

–आयोन फिल्टरेसन फङ्सनः नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता।

सिजी इलेक्ट्रोनिक्सका बारेमा

सिजी इलेक्ट्रोनिक्स नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी हो, जसले विश्वस्तरीय ब्रान्ड र नवीनतम प्रविधिहरू नेपाली ग्राहकसम्म पुर्याउने उद्देश्य राखेको छ। कम्पनीले गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्समा काम गर्दै आएको छ। ४ दशकभन्दा लामो अनुभवसहित, सिजी इलेक्ट्रोनिक्सले विश्वसनीयता, गुणस्तर र उत्कृष्ट ग्राहक सेवामा आफ्नो नाम बनाएको छ।

Health Tips Ad Road Block