Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कैलाली कारागार झडप घटनाः गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदै, कारागारको पूर्ण सुरक्षा गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितीलाई सहज बनाउन गम्भीरता पूर्वक सुक्ष्म रुपले हेरिरहेको छ । कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिती सहज बनाउने विषयमा छलफल गरेका छन् ।

छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

“कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन् ।” प्रवक्ता काफ्लेले भने, “ झडपमा परी घाइते भएका अन्य घाइतेहरुको उपचारको प्रबन्ध मिलाइएको छ ।” बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।

Health Tips Ad Road Block