Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको आवाजा शहरमा आयोजित सम्मेलन सकेर फर्के नेपाल, सम्मेलनमा के–के भए ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजा शहरमा आयोजित भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भई स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेर्दमुखमेडोभ तथा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा ५ देखि ८ अगस्ट २०२५ मा तुर्कमेनिस्तानको आवाजा सहरमा आयोजित भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भई शुक्रबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ३ अगस्ट २०२५ मा काठमाडौंबाट तुर्कमेनिस्तान प्रस्थान गरेका थिए । प्रधानमन्रीह ले अति कम विकसित मुलुकहरूको अध्यक्षको हैसियतमा तथा नेपालको तर्फबाट ५ अगस्ट २०२५ मा सम्मेलनलाई सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले सामना गर्दै आएका पूर्वाधार अभाव, बजार सीमितता, प्राथमिक उत्पादनमा निर्भर निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी, जलवायु परिवर्तनका प्रतिकूल असर लगायतका समस्या तथा चुनौतीहरूको चर्चा गरेका थिए । साथै यस्ता समस्याहरूको समाधानका लागि भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूबीच आपसी सहयोग र साझेदारी विस्तार गर्नुका साथै विकास साझेदारहरूले थप सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीले भूपरिवेष्टित मुलुकहरूको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भू(जडित, पारवहन(निर्भरबाट व्यापार(प्रतिस्पर्धी र जलवायु(संकटापन्नबाट जलवायु(प्रतिरोधी मुलुकका रूपमा रूपान्तरणका लागि आवाजा कार्यक्रम एक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । साथै उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व समुदायले थप प्रतिबद्धता र सहकार्य गर्नुपर्नेसमेत बताए ।
प्रधानमन्त्री ओलीले स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा करिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको बताएका थिए । उनले नेपालको विकास यात्रामा थप सहयोग गर्न छिमेकी मुलुकहरू, विकास साझेदार तथा दातृ निकायहरूलाई आह्वानसमेत गरे ।

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका लागि व्यापार, व्यापार सहजीकरण र क्षेत्रीय आबद्धताको परिवर्तनकारी सम्भावनाको सदुपयोग नामक उच्चस्तरीय विषयगत गोलमेचको सहअध्यक्षता गरेका थिए । सो अवसरमा उनले समुद्रसम्म प्रत्यक्ष पहुँच नभएका कारण भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले उच्च पारवहन लागतलगायतका समस्याहरू भोग्नुपरेको बताएका थिए । साथै यी समस्याहरू समाधान गर्दै भूपरिवेष्टित मुलुकहरूका ६० करोडभन्दा बढि मानिसहरूको जीवनस्तरमा उल्लेख्य सुधार गर्नका लागि प्रभावकारी र ठोस कदम चाल्नुपर्ने आवश्यकता ‍औंल्याएका थिए ।

त्यसैगरी प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका संवृद्धिका संवाहकका रूपमा संरचनागत परिवर्तन, विविधिकरण र विज्ञान, प्रविधि तथा नवप्रवर्तन नामक उच्चस्तरीय विषयगत गोलमेचलाई सम्बोधन गरेका थिए । सम्बोधनमा उनले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको अर्थतन्त्रको संरचनात्मक रूपान्तरणका लागि उत्पादकत्व बढाउन, स्रोतसाधनको परिचालन गर्न, रोजगारीका अवसरहरू सुनिश्चित गर्नर विश्वव्यापी मूल्य श्रृंखलामाआबद्धता बढाउन विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोगमा जोड दिएक ाथिए ।

यसका लागि विकसित देशहरूले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको वैज्ञानिक तथा प्राविधिक क्षमता विकास गर्न सहयोग गर्नुपर्ने र प्रविधि हस्तान्तरण गर्नुपर्ने उनले बताएका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको अनुकूलन क्षमता अभिवृद्धि, सहनशीलता सबलीकरण र वातावरण परिवर्तन तथा प्रकोपको सम्बोधन नामक उच्चस्तरीय विषयगत गोलमेचलाई पनि सम्बोधन गरेका थिए । सो अवसरमा उनले जलवायु वित्तमा भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको पहुँच बढाउन, प्रभावकारी अनुकूलनका उपायहरू विकास गर्न, नोक्सान र क्षति कोषबाट लाभ उठाउन क्षमता विकास र प्रविधि हस्तान्तरणको आवश्यकता रहेको बताएका थिए ।

त्यसैगरी सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका लागि दिगो संरचना निर्माण, सम्पर्क सबलीकरण र सहज परिवहन प्रणाली प्रवर्द्धन नामक उच्चस्तरीय विषयगत गोलमेचलाई सम्बोधन गरेका थिए । सम्बोधनमा भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको दिगो विकासका लागि ट्रान्जिट मुलुक, विकास साझेदारर अन्तर्राष्ट्रिय समुदायबीचको साझेदारी महत्त्वपूर्ण हुने बताउँदै यसका लागि नवीन वित्तीय संयन्त्र, प्रविधि हस्तान्तरण र भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका विशिष्ट आवश्यकताअनुरूपका क्षमता विकासका कार्यहरू आवश्यक रहेको बताएका थिउ ।

साथै प्रधानमन्त्री ओलीले सुदृढ व्यापार तथा यातायात सम्पर्कमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन नामक कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले दिगो सहकार्य, समावेशी समृद्धि र बलियो क्षेत्रीय एकीकरणका लागि व्यापार र यातायात सम्पर्क सहयोगी रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले पग्लँदो हिमताल र त्यसभन्दा पनि बढी स् भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूलाई असर गर्ने जलवायु चुनौतीहरूको समाधान विषयक कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले हिमाल बचाउन र जलवायु संकटको सामूहिक रूपमा सामना गर्न एकताबद्ध प्रयासका लागि नेपालले सक्रिय र नेतृत्वदायी भूमिका खेल्न तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले दक्षिण(दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले विकासोन्मुख मुलुकहरूबीच एकआपसमा सहयोग तथा साझेदारी वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका थिए । साथै भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको हित प्रवर्द्धन गर्न खास गरी क्षेत्रीय स्तरमा भौतिक तथा डिजिटल पूर्वाधार विस्तार गर्नुपर्ने बताएका थिए ।

सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेर्दमुखमेडोभ,किर्गिज्स्तानका प्रधानमन्त्री अदिलबेक कासीमालिएभसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयमा छलफल गरेका थिए । साथै अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक र साना विकासोन्मुख टापु राज्यहरूका लागि संयुक्त राष्ट्र संघीय उच्च प्रतिनिधि एवं संयुक्त राष्ट्र संघका उप(महासचिव रबाब फतिमाले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । सो भेटका क्रममा भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले सामना गर्दै आएका समस्याहरूको समाधानका लागि विश्वव्यापी सहकार्य र सहयोग परिचालन गर्ने विषयमा छलफल भएको थियो। त्यस्तै प्रधानमन्त्री ओलीसँग एसियाली पूर्वाधार लगानी बैंक का अध्यक्ष चीन लिछन र लगानी प्रवर्द्धन एजेन्सीहरूको विश्व संगठनका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक इस्माइल इर्साहिनले शिष्टाचार भेट गरेका थिए । भेटका क्रममा नेपालका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीबाट भएका द्विपक्षीय भेटघाटहरूबाट मित्रराष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको दाबी गरिएको छ । साथै, नेपाल र संयुक्त राष्ट्र संघबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुगेको सरकारी भनाइ छ।

प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, संघीय प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए ।

Health Tips Ad Road Block