Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एससीटी यूपिआइ कार्ड ग्राहकहरूलाई द सोल्टी होटल्स एण्ड रिजोट्र्समा विशेष छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ तारेहोटेल ग्रुपद सोल्टी होटल्स एण्ड रिजोट्र्सको सोल्टी हेरिटेज क्लबबिच एससीटी यूनियन पे कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापश्चात अगस्ट ५, २०२५ देखि नेपाल भरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिजोट्र्स अन्तर्गतका होटल तथा रिसोर्टहरूमा एससीटी यूनियन पे कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप अन्तर्गत प्राप्त हुने सम्पूर्ण छुट तथा सुबिधाहरू पाउनेछन् । यस छुटमा फुड एंड बेभेरेजमा १०% छुट, विशेष रुम महशुल दर साथै बर्थडे र यानिभर्सरीमा २०% विशेष छुट हुने कम्पनीले जनाएको छ । यस छुट पाउन कार्ड ग्राहकहरूले सोल्टी हेरिटेज क्लबको सदस्यता भने लिनु पर्ने हुन्छ । सो सदस्यता लिन निःशुल्क रहेको छ र ग्राहकहरूले सोल्टीको अधिकारिक वेबसाइट तथा सोल्टी हेरिटेज क्लबको मोबाइल एप्लिकेशनबाट सजिलै लिन सक्नेछन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी यूनियन पे कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतमप्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी यूनियन पे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी यूनियन पे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block