Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा

फ्ल्याश सेल, बेस्ट प्राइस ग्यारेन्टिका साथै अत्यधिक बचतको सुनौलो अवसर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्यैको घोषणा गरेको छ । साउन २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँ बराबरको भौचर लगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नेछन् ।

डिल्स हेरेको हे¥यै, अभियानको एक प्रमुख आकर्षणका रुपमा रहने फ्ल्याश सेलमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन लगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू अत्यन्तै न्यून मूल्यमा उपलब्ध हुनेछन् । यसरी उपलब्ध गरिएका अफरहरू दैनिकरुपमा नविकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शनमा नियमित अवलोकन गर्न दराजले अनुरोध गरेको छ । डिल्स हेरेको हे¥यै, भन्ने नाराका साथ यस पटकको सेलले नेपाली उपभोक्तालाई नयाँ उमंग र अप्रत्याशित अफरको स्वाद दिलाउनेमा कम्पनी विश्वस्त रहेको छ ।

दराजले आदर्णिय ग्राहकहरूको भरोसा जित्ने उद्देश्यका साथ बेस्ट प्राइस ग्यारेन्टि (बीजीपी) कार्यक्रम पनि यस अभियानमा समावेश गरेको छ । यस योजनाअन्तर्गत, यदि ग्राहकले कुनै उत्पादन नेपालभित्रका अन्य अनलाइन प्लेटफर्महरूमा यसमा प्रस्तुत गरिएको मूल्यका तुलनामा अझ सस्तो मूल्यमा पाउँछन् र लागु गरिएका सर्तहरू पूरा भएमा उत्पादनको मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जनाएको छ । यो पारदर्शिता र प्रतिबद्धता दराजको ग्राहक–केन्द्रित सेवाका लागि एक प्रखर उदाहरण भएको कम्पनीको भनाइ छ ।

८.८ सेलको अर्को प्रमुख सुविधाका रुपमा छानिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी सुविधा पनि रहेको छ । ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नु हुनेछ । यसका लागि भौचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी सम्बन्धित पेजमा गएर संकलन गर्न सकिनेछ।

स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावट लगायतका उत्पादनहरूमा उपलब्ध अफरहरूले यो सेललाई विविधता र मूल्य–दुबैका हिसाबले अतुलनीय बनाएको छ। ग्राहकहरूले यस अवसरमा आफ्नो रोजाइका सामानहरूमा मात्र नभई अत्यावश्यक सामग्रीहरूमा पनि उल्लेखनीय बचत गर्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

दराजको ८.८ डिल्स हेरेको हे¥यै, अभियान केवल अफर र छुटमा सिमित छैन । यो उत्कृष्ट सेवा, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीका माध्यमबाट सम्पूर्ण किनमेल अनुभवलाई अझ समृद्ध बनाउने प्रयत्न हो। नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धताले यो सेललाई विशेष बनाएको कम्पनीको भनाइ छ ।

दराज ८.८डिल्स हेरेको हे¥यै अभियानका बारेमा थप जानकारीका लागि डब्लु डब्लु डब्लु डट दराज डट कम डट एनपीमा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज वा दराज एप ब्राउज गर्न कम्पनीले अनुरोध गरेको छ ।

दराजका बारेमा

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

 

Health Tips Ad Road Block