Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बोर्डको सचिवालयबाट वैदेशिक रोजगारमा जाने नेपाली कामदार लक्षित कार्यक्रम थप विस्तार हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनीहरूका परिवारका लागि लक्षित राहत, उद्धार, सीप विकास तथा समन्वयका कार्यक्रम थप विस्तार गरिने भएको छ । बबरमहलस्थित वैदेशिक रोजगार बोर्डको सचिवालयमा आयोजित अन्तक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले आव २०८१/८२ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै भौतिक प्रगति ९३ दशमलव ६५ प्रतिशत तथा वित्तीय प्रगति चालुतर्फ ८२ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए ।

बोर्डले मृतक कामदारका परिवारलाई आर्थिक सहायता, अङ्गभङ्ग तथा बिरामी कामदारलाई राहत, स्वदेश फिर्ता कामदारको उद्धार, वैदेशिक रोजगारमा गएकाहरुका सन्तानका लागि छात्रवृत्ति, स्वास्थ्य उपचार सहयोग, सीप विकास तालिम, तथा सूचनासञ्चार गतिविधिलगायत कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको उनको भनाइ छ । बोर्डले उपलब्ध गराएको विवरणअनुसार आव २०८१/८२ मा एक हजार २५० मृतक कामदारका परिवारलाई राहत प्रदान गरिएको र वैदेशिक रोजगारमा जान चाहने १४ हजारभन्दा बढी युवालाई निःशुल्क सीप विकास तालिम दिइएको तथा महिला लक्षित आवासीय तालिम पनि बढाइएको उल्लेख छ ।

त्यस्तै बोर्डले चालु आवमा सङ्घीय तथा प्रदेशसभा सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत बोर्डले प्रदान गर्ने सेवा, चुनौती र सुधारका सम्भावनामाथि छलफल गर्ने बताएको छ । साथै ‘रिटर्नी उद्यमी आइडल कार्यक्रम’ मार्फत वैदेशिक रोजगारबाट फर्केका नेपालीलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यक्रम आगामी आवमा समेटिने जनाएको छ । कार्यक्रममा वैदेशिक रोजगार सेवासम्बन्धी अन्तरक्रिया तथा तालिम कार्यक्रम विकेन्द्रीकरण गरी प्रत्येक स्थानीय तहसँग सहकार्य गरेर वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार गर्दै थप प्रभावकारी बनाइने कार्यकारी निर्देशक उप्रेतीले बताएका छन् ।

Health Tips Ad Road Block