नेपाल । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धता अनुरुप २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ। यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा छ।
सन् २०२५ को पहिलो त्रैमासिकमा, नेपालमा मात्र टिकटकले १८,७६,५६३ वटा भिडियोहरू हटाएको छ। नेपालमा सक्रिय रूपमा हटाइएका भिडियोको दर ९९.६% रह्यो, जसमा ९७.८% भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए।
विश्वव्यापी रूपमा, टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छजुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९% हो। हटाइएका भिडियोमध्ये, १८४,३७८,९८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए, जबकि ७,५२५,१८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए। सक्रिय रूपमा हटाइएका भिडियोहरूको दर ९९.०% रह्यो, जसमा ९४.३% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए।
हटाइएका भिडियोहरूको ३०.१% कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ। थप ११.५% भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए, जबकि १५.६% भिडियोहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए। यसका साथै, हटाइएका भिडियोहरूको ४५.५% गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिएर १३.८% भिडियोहरू एडिट गरिएका वाएआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए।
टिकटकले कम्युनिटी गाइडलाइन्सइन्फोर्समेन्ट रिपोर्टनियमित रूपमा प्रकाशित गर्दै आएको छजसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाहीबारे स्पष्ट जानकारी दिन्छ र यसले टिकटकको ट्रान्सपेरेन्सी पनि देखाउँछ। २०२५ कोपहिलो त्रैमासिक विस्तृत रिपोर्टतथाटिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिन्छ।
टिकटकबारे
टिकटक छोटो आकारका मोबाइल भिडियोको अग्रणी गन्तव्य हो। हाम्रो उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुसी फैलाउनु हो। टिकटकको मुख्य कार्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका अन्य कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा रहेका छन्।






















