skip this News Page Tips Ad Road Block

रुसमा ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, जापान, अमेरिकासहित धेरै क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान, अमेरिकासहित धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको अन्तर्राष्टिय सञ्चाररमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो । बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ । त्यहाँ समुद्रको छाल चार मिटरभन्दा माथिसम्म पुग्ने अनुमान गरिएको छ ।

रुसको भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ ।

Health Tips Ad Road Block