Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले ३० करोडको साधारण शेयर निष्काशन गर्ने

निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१००÷– अंकित दरका ३०,००,००० कित्ताले हुन आउने रु.३०,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । यसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरुमा संचालन हुने कम्पनीहरुमा पूँजी परिचालन गरिसकेको छ ।

यस संस्थालाई नेपाल कै अग्रणी इन्स्योरेन्स संस्थाहरु हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सका साथै व्यवसायी राजेन्द्र खेतान र वसन्त चौधरीले प्रवर्धन गरेका छन् ।

Health Tips Ad Road Block