Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आयल निगमको सिनामंगलस्थित रहेको हवाई इन्धन डिपो सार्न डिपिआर तयार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो नयाँ ठाउँमा स्थानान्तरण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन निगमलाई हस्तान्तरण गरिएको छ । हवाई इन्धन डिपो कार्यालय सिनामंगलका प्रमुख तथा आयोजना प्रमुख ई. प्रदीप यादवले प्रतिवेदन अनुसार छ अर्ब ५४ करोड २९ लाख पाँच हजार ५७ रुपैयाँमा नयाँ डिपो निर्माण हुने जानकारी दिएका छन् । तोकिएको समयमा डिपिआर तयार भएकाले निर्माण पनि निर्धारित समयमा सक्ने गरी कार्य अगाडि बढाइने उनको भनाइ छ । हाल डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नेपाल नागरिक उड्यन प्राधिकरणले साइट क्लियरेन्सको काम गरिरहेको उनले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप निर्माण हुने डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार एक सय किलोलिटर क्षमताका दुई वटा पानी ट्यांकी र पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम जडान हुने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो सुरक्षाका दृष्टिले उच्च जोखिममा देखिएपछि २०८१ साउन २८ को मन्त्रीपरिषद्को बैठकले डिपो सार्ने निर्णय गरेको थियो । सोही अनुसार डिपो गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सार्न प्रक्रिया अगाडि बढेको हवाई इन्धन डिपो कार्यालय सिनामंगलले जनाएको छ । निगमले बनाउन लागेको उक्त डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्यांकी रहने छन् । साथै भविष्यमा भण्डारण क्षमता बढाउनसमेत खाली स्थान रहने जानकारी दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डा. सुरज लामिछानेले नेपाली प्राविधिक जनशक्तिले नै डिपिआर तयार गरेको जानकारी दिएका छन् ।

Health Tips Ad Road Block