Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालका बाढी र पहिरोबाट पीडितलाई इनड्राइभद्धारा घरहरू हस्तान्तरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ । यस पहलअन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो । साथै यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको कम्पनीले जनाएको छ ।

नवनिर्मित घरहरू बाढी र पहिरो पीडितहरूको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो । बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका घरहरूले दिगोपन र सांस्कृतिक प्रासंगिकता दुवैप्रति प्रतिबद्धता दर्शाउँछ, जसले परिवारहरूलाई स्थानीय परिस्थितिहरूको सामना गर्न डिजाइन गरिएको टिकाउ र वातावरणीयरूपमा उपयुक्त संरचनाहरू प्रदान गर्नेछ ।
इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवितनन्दा आनन्दले भनिन्, “इनड्राइभमा हाम्रो मिसन केवल राइड सर्भिसमा मात्र सीमित छैन, यो दीर्घकालीन, सार्थक, अर्थपूर्ण र दिगो परिवर्तन सिर्जना गर्ने यात्रासँग सम्बन्धित छ । यो सहकार्यमार्फत हामी केवल बसोबासको व्यवस्था मात्र गरिरहेका छैनौं, बाढी र पहिरोबाट सबैथोक गुमाएका परिवारहरूमा स्थिरता, सम्मान र आशाको पुनःस्थापना गरिरहेका छौं । हामी उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने यात्रामा स्वतन्त्र निर्णय लिने अधिकार र नयाँ आत्मविश्वासका साथ सँगै उभिन पाउँदा गर्व गर्छौ । इनड्राइभले सदैव समुदाय केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको छ । इनड्राइभ यस्तै साझेदारीहरू मार्फत समावेशी, सुरक्षित र सशक्त समुदाय निर्माण गर्न कटिबद्ध रहेको छ ।”

इनड्राइभमा एपीएसीका रिजनल डाइरेक्टर मार्क टलीले भने, “इनड्राइभको मुख्य उद्देश्य सामाजिक अन्यायलाई चुनौती दिनु हो र हामीले थालेको यो पहल सोही उद्देश्यको प्रत्यक्ष प्रतिबिम्ब हो । हाम्रो लक्ष्य सन् २०३० सम्ममा एक अर्ब मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो, त्यो पनि समुदाय–संचालित र दिगो कार्यहरूमार्फत । यी बनाइएका घरहरू केवल बाँस र माटोले बनेका संरचनाहरू मात्र नभई, घरवार गुमाएका परिवारहरूका लागि पुनःजीवन सुरु गर्न सक्ने सुरक्षित स्थान हुन् जसले उनीहरूलाई फेरि आत्मबल दिनेछ । हामीले सम्पूर्ण निर्माण प्रक्रिया स्थानीय समुदायसँगको निकट समन्वयमा सम्पन्न गरेका छौं, जसले हरेक परिवारलाई आफ्नो आवश्यकताअनुसारको घर छनोट गर्ने स्वतन्त्रता दिएको छ । यस प्रक्रियाले मानिसहरूकै आवाज र चाहनालाई प्राथमिकतामा राखेको छ । एनसीडीएमसँगको हाम्रो सहकार्यले लचिलोपन, र ‘पिपुल फस्र्ट‘ भन्ने हाम्रो मूलदर्शनलाई झल्काउँछ । हामी विश्वास गर्छौं यस्तो सहयोग र सहकार्यले मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ ।”

 

Health Tips Ad Road Block