Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआरएनए सदस्यता रिपोर्ट २०२५ः ७६ हजार ९३७ सदस्यता स्वीकृत, कुन देशको सदस्यता कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको २०२५–२०२७ कार्यकालका लागि हालसम्मको सदस्यता विवरण सार्वजनिक गरिएको छ। संघको एमआइएस प्रणाली अनुसार १८ जुलाई २०२५ सम्म कुल ७६,९३७ जना सदस्यता स्वीकृत भइसकेको एनआरएनएले छ। यसबाहेक ३,३६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृत प्रक्रियामा रहेको संघले जानकारी दिएको छ ।

संघका अनुसार क्षेत्रगत रूपमा हेर्दा, सबैभन्दा धेरै सदस्यता एसिया प्यासिफिक क्षेत्रबाट प्राप्त भएको छ, जहाँ कुल २२,२७९ सदस्य स्वीकृत भएका छन्। दोस्रो स्थानमा अमेरिकाज क्षेत्र १६,७६२ सदस्य, तेस्रोमा ओसियानिया १६,५३८ सदस्य, त्यसपछि युरोप १०,९६९ सदस्य, मध्यपूर्व ९,६५३ सदस्य र अफ्रिका ७३५ सदस्य रहेका छन्।

देश अनुसार प्रमुख सदस्य संख्या

१.जापान – १८,३८१
२.अष्ट्रेलिया – १५,५५१
३. अमेरिका – १०,९९४
४. क्यानडा – ५,७४५
५. युके – ३,५०८
६. साउदी अरेबिया – ३,१२७
७. कतार – ३,६१५
८. युएई – २,१२२
९. आयरल्यान्ड – १,४०२
१०. दक्षिण कोरिया – १,४१६

संघको क्षेत्रगत विवरण अनुसार (स्वीकृत सदस्यता)

एशिया प्यासिफिक – २२,२७९
अमेरिकाज – १६,७६२
ओसियानिया – १६,५३८
युरोप – १०,९६९
मध्यपूर्व – ९,६५३
अफ्रिका – ७३५

क्षेत्रगत सदस्यताको प्रतिशतमा (औसत)

एशिया प्यासिफिकः २९ प्रतिशत
अमेरिकाजः २२ प्रतिशत
ओसियानियाः २२ प्रतिशत
युरोपः १४ प्रतिशत
मध्यपूर्वः १३ प्रतिशत
अफ्रिकाः १ प्रतिशत

हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू एमआइएस प्रणालीमा आबद्ध छन् भने ५७ परिषद्हरूलाई सदस्यता स्वीकृति दिने प्रशासनिक पहुँच प्रदान गरिएको एनआरएनए सचिवालयले जनाएको छ।

संघले विज्ञप्तिमार्फत भनेको छ, ‘सदस्यता संकलनमा जापान लगातार शीर्ष स्थानमा रहेको देखिन्छ भने अष्ट्रेलिया र अमेरिकाको सहभागिता पनि उल्लेखनीय छ।संघले स्मार्ट एनआरएनए (SMART NRNA) मोबाइल एपमार्फत डिजिटल पहुँच सजिलो बनाउँदै सदस्यता प्रणालीमा पारदर्शिता र गतिशीलता ल्याउने कार्यमा तिव्रता दिएको छ। आगामी दिनहरूमा नयाँ सदस्यता आवेदन स्वीकृति बढ्ने अपेक्षा गरिएको छ। membership@nrna.org मा सम्पर्क गरेर थप जानकारी लिन सकिने एनआरएनएले जनाएको छ।

Health Tips Ad Road Block