skip this News Page Tips Ad Road Block

दशैं अघि नै स्याफ्रुबेसी–रसुवागढी सडक तथा सिमा पुल पुननिर्माण गर्नेबारे चिनियाँ पक्षको चासो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सिमा पुल निर्माण लगायतका विषयमा नेपाल र चीनबीच छलफल भएको छ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गर्दै उक्त छलफल गरेका हुन् ।

भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुननिर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सिमापुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिवद्धता आएको छ ।

यसैगरि चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरु टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौ–चक्रपथ दोश्रो खण्ड विस्तारको काम छिटै शुरु हुने बताए ।

भेट पछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे ।

छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सिमापुल रहेको स्थानमा दशैं अघिनै पुल निर्माण हुने अपेक्षा राखिएको छ । मन्त्री दाहाल, मन्त्रालय एवम् सडक विभागका अधिकारीहरुको विच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए ।

बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवात जावतमा कठिनाई भए पछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन् । छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरु सहभागी थिए ।

Health Tips Ad Road Block