Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

खड्लज ब्रान्डका परफ्यूम नेपाली बजारमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । खड्लज परफ्यूम आधिकारिकरूपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । इना सेन्टर नेपाल प्रालिले काठमाडौंमा एक कार्यक्रम गरी खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूमहरु सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले दीप प्रज्वलन गर्दै परफ्यूमहरु नेपाली बजारमा प्रवेश गरेको सार्वजनिक गरे । कार्यक्रममा खड्लजका सिग्नेचर अत्तरहरू, खड्लजको शियाका छाया र नाफाइस नामक नयाँ अत्तरहरु समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा खड्लज परफ्यूमका प्रबन्ध निर्देशक आसिफ मोहम्मदले ब्रान्डको सम्पदा, गुणस्तरप्रति प्रतिबद्धता र इना सेन्टरसँगको साझेदारीका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले भने, “खडलज परफ्यूमहरू बजेटमैत्री र अत्यधिक सुगन्धित छन्। हामीलाई विश्वास छ कि खड्लज चाँडै नै नेपालको सबैभन्दा मनपर्ने सुगन्धित परफ्यूमको ब्रान्डहरू मध्ये एक बन्नेछ।”

खड्लज परफ्यूमको सुरुवातलाई सफल बनाउन सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिँदै इना सेन्टरले आगामी दिनहरुमा गुणस्तर र नवीनताका साथ स्थानीय बजारलाई बढाउँदै प्रिमियम अन्तर्राष्ट्रिय परफ्यूम ब्रान्डहरू नेपालमा ल्याउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने जनाएको छ ।

Health Tips Ad Road Block