Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यस्ता विषयमा बैंकिङ क्षेत्र सुधार कार्यदलले बुझायो प्रतिवेदन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले सुझाव बुझाएको छ । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन कुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने गरी गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । कार्यदलले असार ३० गते अन्तिम प्रतिवेदन बुझाएको हो ।

कार्यदलले

–बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।

–आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।

–ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।

–बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।

–नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।

–पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।

लगायतका विषयमा सुझाव दिएको छ ।

Health Tips Ad Road Block