skip this News Page Tips Ad Road Block

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी काठमाडौंमा इन्स्योरेन्सकाे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे हो । सभाबाट संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।

साथै सञ्चालक समितिबाट पेश गरिएका सबैसामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको छ ।

हाल कम्पनीले प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरु, १५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ दिन नै बीमा सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै कम्पनीमा पेश हुन आएका दाबीहरुलाई समयमै फरफारक गर्ने, बीमितहरुलाई छिटो छरितोरुपमा सेवा प्रदान गर्ने, कारोबारको दायरा वृद्धि गर्ने एवं व्यवसायिक दक्षता हासिल गर्नका लागि प्रविधिमा आधारित भइ बीमा सेवा प्रदान गर्ने उद्देश्य अनुरुप डिजिटल इन्स्योरेन्सलाई विशेष प्राथमिकतामा राखी सूचना प्रविधिमा लगानी अभिबृद्धि गर्दै बीमितलाई अनलाइन पोलिसी जारी गर्ने व्यवस्था मिलाउने कम्पनीको भावी योजना रहेको छ ।

Health Tips Ad Road Block