Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशभर ५९ प्रतिशत रोपाई सम्पन्न, सुदूरपश्चिममा ९३ प्रतिशत भू–भागमा रोपाई सक्किँदा मधेसमा करिब ३४ प्रतिशत मात्रै रोपाई !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यस वर्षको असार २९ गतेसम्ममा देशभर ५९ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । असार महिनाको १६ दिनको अवधिमा देशभर करिब ४५ प्रतिशत भूभागमा रोपाई भएको छ । यस वर्षको असार १३ गतेसम्ममा देशभर जम्मा १५.६ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको थियो । कृषि विभागले असार २९ गतेसम्मको तथ्याँक सार्वजनिक गर्दै ५९ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको जानकारी दिएको हो । यो गतवर्षको यही अवधिको तुलनामा भने करिब ९ प्रतिशतले कम हो । गतवर्ष यही अवधिमा ६७.६ प्रतिशत क्षेत्रफलमा रोपाई भएको थियो ।

विभागका अनुसार आइतबारसम्ममा ८ लाख १६ हजार ४०५.७१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । नेपालमा १३ लाख ८३ हजार ३३२.९८ हेक्टर क्षेत्रफलमा धानबाली हुने विभागको पछिल्लो तथ्याँक छ ।

प्रदेशगतरुपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९३.१ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । मधेश प्रदेशमा सबैभन्दा कम ३३.७८ प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरपश्चिमपछि कर्णाली प्रदेशमा सबैभन्दा धेरै ८३.२३ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको विभागको तथ्याँकमा उल्लेख छ ।

 

Health Tips Ad Road Block