Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चीनले रसुवागढी नाकामा थाल्यो पुनर्निर्माण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चीनले रसुवागढी नाकामा पुनर्निर्माणको काम थालेको छ । चीनको तिव्बतस्थित लेन्देखोला(भोटेकोशी)मा अकल्पनीय रुपमा आएको बाढीले क्षति गरेको चार दिनमै त्यस स्थानको मूल्याङ्कन कार्य सुरु गरेको हो । नेपालतर्फ पनि रसुवागढी जाने नाकामा ठूला तथा हेभि इक्युपमेण्टमार्फत सडक तथा क्षतिग्रस्त अन्य संरचनाको पुननिर्माण कार्य भइरहेको छ । मंगलबार लेन्देखोलामा आएको बाढीबाट पुल, जलविद्युत, यातायात, भन्सार तथा विद्युतीय गाडीमा क्षति पुगेको र सयौं रोपनी जमिन कटान गरेको थियो ।

छिमेकी चीनले रसुवागढी नाकामा रहेको स्थानमा बाढीले गरेको फोहोर हटाउने र पन्छाउने कार्य गरिरहेको छ । पहिलो चरणमा रसुवागढी नाकाको पहिरो व्यवस्थापन गरिरहेको छ । रसुवागढी नाका जोड्ने उक्त सडक बढीमा एक हप्ताभित्र अस्थायी सडक सुचारू गर्नेगरी काम भइरहेको जनाइएको छ ।

बाढीका कारण रसुवागढी नाका तथा विद्युत र पूर्वाधारमा अर्बौ‌ँको क्षति पुर्याएको छ । बाढीमा परेर तीन जना सुरक्षाकर्मीसहित २० जना हराइरहे पनि हालसम्म एक जनाको मात्र शव फेला परेको छ ।

Health Tips Ad Road Block