Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आयल निगमको लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । नेपाल आयल निगमको लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ ।

निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको जानकारी दिएको छ । स्वदेशी सीप र पुँजी प्रयोग गरेर पहिलोपटक इन्धन डिपो निर्माण गरेको निगमले जनाएको छ । पोखरामा आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै एक हजार २०० किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह (कुल तीन हजार छ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क) निर्माण गरिएको हो ।

हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताएका छन् ।

यसअघि भने भारतीय आयल निगमको सहयोगमा हवाई इन्धन डिपो निर्माण हुँदै आएको थियो । निगमका अनुसार तोकिएको समयभित्रमा नै डिपो निर्माण सम्पन्न भएको र डिपो निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु. ७५ करोड खर्च भएको छ । २०८० साउन १ गते डिपो निर्माण कार्यको शिलान्यास गरिएको थियो । डिपोेबाट आगामी साउन दोस्रो सातापछि इन्धन भर्न सुरु गरिनेछ ।

Health Tips Ad Road Block