Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पेट्रोल ५ रुपैयाँ र डिजेल ४ रुपैयाँले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले बढाएको हो । बढेको मूल्य राति १ बजेदेखि लागु भइसकेको छ । बढेको मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरमा १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य लिटरमा १४९ रुपैयाँ पर्नेछ ।

इण्डियन आयल कर्पोरेशनबाट ३० जून, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ७.६४, डिजेलमा ९.१३ र हवाई इन्धनमा ६.८८ ले बढेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको निगमले जनाएको छ ।

यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिकी मूल्य कायम गरिएको छ। खाना पकाउने एलपि ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

Health Tips Ad Road Block