Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ऊर्जामन्त्री खड्काद्धारा चीनको बेइजिङमा रहेको नेपाली राजदूतावास निरीक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

बेइजिङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् । भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समक्ष आएका समस्याहरूका बारेमा विस्तृत जानकारी लिएका छन् ।

राजदूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्याहरूमा कार्यसुविधा, जनशक्ति र स्रोतको अभाव लगायतका विषयमा गम्भीर छलफल गरिएको थियो। मन्त्री खड्काले तिनीहरूको समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन दिएका छन् ।

सो अवसरमा मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेष्टममा पनि सहभागिता जनाएर स्टल अवलोकन गर्दै व्यवसायीहरूसँग अन्तर्क्रियासमेत गरे । उनले नेपाली पर्यटन र व्यवसाय प्रवर्धनका लागि विभिन्न पहलहरू गर्नुपर्ने महत्वलाई जोड दिएका छन् ।

Health Tips Ad Road Block