Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एसईई २०८१/२०८२ को नतिजा अब विद्यार्थीहरूको मोबाइलमै, नतिजा प्राप्त गर्ने कसरी ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्प्यारो एसएमएसले पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्डसँगको साझेदारीमा २०८१/२०८२ को एसईई नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा उपलब्ध गराउने भएको छ । यसले गर्दा अब नतिजाको दिन सुस्त इन्टरनेट वा वेबसाइट नचल्ने जस्ता समस्याको चिन्ता लिनु नपर्ने कम्पनीको दाबी छ ।

कम्पनीले भनेको छ, ‘हामीलाई थाहा छ, एसईईको नतिजा पर्खनु तनावपूर्ण हुन्छ । विगतमा, अत्यधिक चापका कारण वेबसाइट नखुल्ने समस्या मुख्य चुनौती थियो । हाम्रो सरल एसएमएस सेवाले यो समस्यालाई पूर्ण रूपमा समाधान गर्छ । राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा साझेदारको रूपमा, हामी हरेक विद्यार्थीले, चाहे उनीहरू सहरमा हुन् वा दुर्गम गाउँमा, नतिजा सार्वजनिक हुने बित्तिकै प्राप्त गर्न सकुन् भन्ने सुनिश्चित गर्दछौँ । यसका लागि केवल एउटा मोबाइल फोन भए पुग्छ , जुनसुकै मोबाइल भए पनि हुन्छ।’

कम्पनीका अनुसार एसएमएसबाट सजिलै आफ्नो नतिजा यसरी प्राप्त गर्न सकिन्छ ।

१. आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् ।

२. एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेख्नुहोस्। (उदाहरण: एसईई १२३४५६७८ए)

३. र यसलाई ३५००१ मा पठाउनुहोस् ।

तपाईंको नतिजा तुरुन्तै तपाईंको मोबाइलमा एसएमएसमार्फत मार्फत आउनेछ । यो एकदमै सरल, छिटो र भरपर्दो रहेको कम्पनीको भनाइ छ।

स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले आफ्नो धारणा राख्दै भने, ‘नतिजाको दिन विद्यार्थी र उनीहरूका परिवारका लागि एक महत्त्वपूर्ण दिन हो । यस्तो बेलामा वेबसाइट नचलेर हुने झन्झट कसैले पनि भोग्नु नपरोस् । हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई शान्त र छिटो तरिकाले आफ्नो नतिजा प्राप्त गर्ने अवसर दिनु हो । हामी विद्यार्थीहरूलाई उनीहरूको नतिजासँग भरपर्दो रूपमा जोड्ने माध्यम बन्न पाउँदा खुसी छौँ ।’

 

Health Tips Ad Road Block