Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘ऐतिहासिक गर्भा दरबार संरक्षणमा सरकारको चासो’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकारी चासो बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवर्द्धनप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् । राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले कैलाली जिल्लाको चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको उनले जानकारी दिए ।

मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै २०७८ साल असोज ७ गते चुरे गाउँपालिकाले पुरातत्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको जानकारी दिए । त्यसपछि विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र चालू आर्थिक वर्ष २०८२/८३ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि रु. ४ लाख रकम प्रस्ताव गरिएको पनि उनले स्पष्ट पारे । उनका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ।

यसैबीच, राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले सरकार बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पारे । “नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरू राष्ट्रभाषा हुन् र धारा २८७ अनुसार गठन भएको भाषा आयोगले ती भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको छ।” उनले भने ।

जनगणना २०७८ का आधारमा हालसम्म १२४ वटा भाषा पहिचान भइसकेका छन्, जसमा ९३ वटा अर्थात् करिब ७५ प्रतिशत भाषा आदिवासी समुदायसँग सम्बन्धित छन्। ती भाषाहरूको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवर्द्धनमा सरकार निरन्तर लागि परेको पनि मन्त्री पाण्डेले उल्लेख गरेका छन् ।

मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट गर्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको बताएका छन् ।

Health Tips Ad Road Block