काठमाडौं । एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान ‘एफेक्सनेट इन्टेलिजेन्स’लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ । सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको आर्टिफिसियल इन्टेलिजेन्सको सुरुवात दर्शाउने कम्पनीको भनाइ छ ।
दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम डिलरहरूको लागि असार १३ मा र सर्वसाधारणका लागि असार १४ मा आयोजना हुनेछ । कार्यक्रममा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई इनोभेटिभ्स प्रत्यक्षरूपमा अनुभव गर्न पाउनेछन्, जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य राख्दछ ।
‘एफेक्सनेट इन्टेलिजेन्स’ केवल प्रोडक्टको प्रदर्शन मात्र नभई, प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने एलजीको दृष्टिकोण हो । यसले उत्तरदायित्व, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविष्यतर्फको यात्रा प्रस्तुत गर्दछ ।’ कम्पनीले भनेको छ ।
नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, एलजी र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुने बताइएको छ ।
चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमाल भन्छन्, ‘यो हाम्रो लागि निकै गर्वको क्षण हो। एलजी सँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो। दशकौंसम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ। अब ‘एफेक्सनेट इन्टेलिजेन्स’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौं, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक र अझ प्रभावकारी बन्नेछ।”
एलजी र सीजीबीचको सम्बन्धले विश्वास, नवप्रवर्तन र प्रयोगकर्ता मैत्री डिजाइनको आधारमा नेपालमा नेतृत्व कायम गर्दै आएको कम्पनीको भनाइ छ। आगामी प्रदर्शनीले प्रविधिको मानवीय भविष्य कस्तो देखिन्छ भन्ने झलक दिने कम्पनी बताउँछ ।
सर्वसाधारणलाई असार १४, शनिबार बिहान ११ बजेबाट साँझ ५ बजेसम्म, ललितपुरको द प्लाजामा आयोजना हुने यो कार्यक्रममा सहभागी हुन कम्पनीले भनेको छ ।






















