Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नौ जना स्रष्टाहरू राष्ट्रिय सम्मानबाट सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहमा नौ जना स्रष्टाहरू सम्मानित भएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नौ जना स्रष्टाहरूलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुनुहुने स्रष्टाहरूमा दीप श्रेष्ठ–दीर्घ साधना, हरि बहादुर थापा–रंगमञ्च विधा, नारायण रायमाझी–लोकसङ्गीत विधा, कुन्ति मोक्तान–सङ्गीत विधा, कुशेश्वर राई–परम्परागत तथा शास्त्रीय सङ्गीत, वेदकुमारी न्यौपाने–नाट्य विधा, भुवनदास श्रेष्ठ–नृत्य विधा, कृष्णप्रसाद–नृत्य खोज तथा अनुसन्धान र राजु अग्रवाल – वाद्यवादन विधाबाट सम्मान गरिएको हो।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको बताए । नेपाली सांस्कृतिक सम्पदाको सम्मान, संरक्षण र विस्तारतर्फ राष्ट्र गम्भीररूपमा अग्रसर रहेको सन्देश दिएको समेत उनले बताए ।

Health Tips Ad Road Block