ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दुई दिन त्रिभुवन राजपथ बन्द हुने

Citizenlife ad 2082 falgun to baishak 2083

मकवानपुर । त्रिभुवन राजपथको मकवानपुरतर्फ सवारी आवतजावत दुई दिनका लागि बन्द हुने भएको छ । सडक डिभिजन हेटौँडा, मकवानपुरका अनुसार यस राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा शुक्रबार र शनिबार सवारी आवागमन बन्द हुने भएको हो । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्ड मकवानपुरको रानी भञ्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउने कार्य गरिने भएकाले सवारी आवागमन बन्द गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ ।

यसअनुसार शुक्रबार र शनिबार दुई दिन दिउँसो १२ देखि ४ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन बन्द हुने छ ।

 

Health Tips Ad Road Block