Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मिस नेपाल २०२५ को आवेदन खुला, युवतीहरुका लागि के–के चाहिन्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतीक्षित मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुला भएको छ । दि हिडेन ट्रेजरले मंगलबार एक कार्यक्रम गरी आवेदन खुला भएको जानकारी दिएको हो ।

आयोजकले देश तथा विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने अन्तिम मिति असार २६ गते अर्थात् जुलाई १० सम्म रहेको छ ।

मिस नेपाल २०२५ को फिनाले २०८२ भदौ १४ गते, शनिबार अर्थात् २०२५ अगस्ट ३० मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न हुने तय गरिएको दि हिडेन ट्रेजरले जानकारी दिएको छ।

यस कार्यक्रमले सौन्दर्य, प्रतिभा, उद्देश्य र गरिमाको मनमोहक प्रदर्शन गर्ने र फिनाले कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने संस्थाले जनाएको छ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका विजेताहरूले आफ्नो सराहनीय प्रदर्शनपश्चात् स्वदेश फर्किएका र उनीहरुले कार्यक्रममा आफ्नो धारणा राखेका थिए । मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावतले २०२४ नोभेम्बर १२ मा टोकियो जापानमा आयोजित मिस इन्टरनेशनलमा भाग लिइन्। मिस नेपाल अर्थ २०२४ सुमना केसीले नोभेम्बर ९ मा मनीला, फिलिपिन्समा सम्पन्न मिस अर्थ प्रतियोगितामा सहभागिता जनाउँदै सस्टेनेबल ड्रेस विधामा उपाधि जितिन्। यस्तै मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानले २०२५ मे ३१ मा हैदराबाद, भारतमा सम्पन्न ७२ औं मिस वर्ल्डमा सहभागी भइन्। उनीहरूले आफ्नो सहभागिता र उपस्थितिमार्फत देशको गौरव बढाएको संस्थाको दाबी छ ।

मिस नेपाल हुनका लागि

मिस नेपाल २०२५ मा सहभागी हुन चाहने उम्मेदवारको लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षको बीचमा हुनुपर्नेछ। आवेदकले नेपाली नागरिकता लिनु अनिवार्य रहेको र दर्ता निःशुल्क रहेको आयोजकले जनाएको छ।

यस वर्षको प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछ । मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मोको लागि छानिने छन् । मिस कोस्मो इन्टरनेशनल, जुन एक विश्वप्रसिद्ध प्रतियोगिता हो, यसमा नेपालले पहिलो पटक सहभागिता जनाउनेछ। मिस कोस्मो इन्टरनेशनल तथा वर्तमान मिस कस्मो २०२४ पनि मिस नेपाल २०२५ को फाइनलको समयमा यहाँ उपस्थित रहने अपेक्षा गरिएको छ।

दि हिडेन ट्रेजरले बर्जर पेन्ट्स र श्री नटराज ज्वेलर्सलाई सह–प्रायोजकको रूपमा स्वागत गर्दै आभार प्रकट गरेको छ । साथै श्री नटराज ज्वेलर्स यस वर्षदेखि नयाँ क्राउन पार्टनर पनि बनेको छ।

मिस नेपाल २०२५ को खोजी देशका विभिन्न शहरहरूमा गरिने आयोजकले जनााएको छ, जसमा विर्तामोड, नेपालगञ्ज र जनकपुर प्रमुख छन्। यसै अवधिमा काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल याक्टिभेसन च्याम्पियन सञ्चालन गरिने दि हिडेन ट्रेजरले जनाएको छ। अन्तिम अडिसन असार २८ गते अर्थात जुलाई १२ मा काठमाडौंमा हुनेछ। छनौट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेको तयारीका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

Health Tips Ad Road Block