काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले यो जानकारी दिएका हुन् । सुरुमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने उनले बताएका छन् ।
त्यसको २४ घण्टापछि दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्ने उनले उदृत गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट भने यसबारेमा औपचारिक धारणा सार्वजनिक भइसकेको छैन ।






















