Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, १८ प्रतिशत बोनस दिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रभु इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.१,४४,१४,८८,०६७०० को १८ प्रतिशतले बोनस शेयर दिने निर्णय भएको हो ।

बैठकले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.९४७४ प्रतिशतले हुन आउने रकम रु.१,३६,५६,२०३ नगद लाभांश दिने भएको छ । यसरी कुल
१८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित कम्पनीको आव २०८०/०८१ को वित्तीय विवरण स्वीकृतीका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय बैठकले गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृती भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तामा वितरण हुनेछ ।

Health Tips Ad Road Block