Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चिनो खोलामा करिब ८ मेगावाटको आयोजना निर्माण गर्न एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापनसम्बन्धी सहमति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रू. १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेद्धारा प्रवद्र्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।

यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।

Health Tips Ad Road Block