Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

युद्धग्रस्त देश इजरायलमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित उद्धार गर्ने कार्ययोजना निर्माण

मध्यपूर्व क्षेत्रमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गर्ने निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धग्रस्त देश इजरायलमा कार्यरत श्रमिकलाई सुरक्षित गर्दै उद्धार गर्ने विषयमा कार्ययोजना बनाएको छ । श्रम सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा परराष्ट्र, गृह, पर्यटन, कानुन तथा संसदीय समिति, वैदेशिक रोजगार विभाग र सरोकारवालासहितको आपतकालीन बैठकले सो विषयको कार्ययोजना बनाएको हो । बैठकले गएको शुक्रबारदेखि इजरायल र इरानबीच युद्ध चर्किन थालेसँगै मध्यपूर्वी देशमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित गर्ने र उद्धार गर्ने विषयमा कार्ययोजना बनाएर अगाडि बढ्ने विषयमा सहमति भएको बताइएको छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बैठकमा नेपाली श्रमिकको उद्धार गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने र आवश्यक स्रोत जुटाउने निर्णय भएको जानकारी दिएका छन् । स्थलगत मार्गबाट उद्धार गर्न छिमेकी देशमा प्रवेश गर्न सीमामै भिसा उपलब्ध गराउन अनुरोध गर्ने र आपतकालीन कामबाहेक मध्यपूर्व क्षेत्रमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गर्ने निर्णय भएको पनि उनले बताएका छन् । त्यसैगरी बैठकमा युद्धग्रस्त क्षेत्रका नेपालीलाई मानसिक परामर्श सेवा सुरु गर्ने, मध्यपूर्वमा श्रमिक नलैजान रोजगारदातालाई अनुरोध गर्ने, श्रमिकको हवाई टिकट सार्न लाग्ने खर्च मिनाहा गर्न पर्यटन मन्त्रालयमार्फत उडान कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै दूतावासलाई आवश्यक स्रोत उपलब्ध गराउने र आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि स्थान दिन भारत र चीनलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

पछिल्लो दिनमा युद्धसँगै असुरक्षा पनि बढेकाले त्रसित भएको मनोविज्ञान त्यहाँ रहेको छ । नेपाली दूतावासका अनुसार पाँच हजारभन्दा बढी नेपाली इजरायलमा रहेका छन् । यसैबीच सहायक श्रमिक केयर गिभरमा इजरायल जाने भिसा र टिकट लिएर बसेका ३५ जनाको टिकट रद्द गरिएको छ ।

Health Tips Ad Road Block