Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोर किशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ ।

ग्लोकल टीन हिरो, ग्लोकल प्रालिको एक महत्वपूर्ण पहल हो । जुन केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा÷किशोर किशोरीहरूलाई उचित मूल्यांकन गर्दै नयाँ पुस्तामाझ आभारी पूर्वक पहिचान दिलाउँछ । ग्लोकल प्रालि प्रशिक्षण, शिक्षा र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो । यस कार्यक्रमले किशोर किशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ । यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दाबाहिर रहेर आफ्नो समुदायमा सकारात्मकप्रभावपार्ने सक्रिययुवाहरूलाई विशेष रूपमा चिनाउँछ।

पृष्ठभूमि र विस्तारः

ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौं उपत्यकाका प्रतिभावान किशोर किशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो । सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोर किशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् । यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो । नेपालको शुद्द धरातलबाट सुरुवात हुँदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोर किशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ । नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औ ंवर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोर किशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।

आवेदन कसले दिने ?

ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोर किशोरीहरूले आवेदन दिन सक्नेछन् । यदि कसैले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहेका छन् भने छ, शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहेका छन् वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय छन् भने यो मञ्च त्यस्तका लागि हो । जो कोहीको पहल, प्रभाव र उपलब्धिलाई सम्मान गर्न आतुर रहेको कम्पनीले जनाएको छ ।

आवेदन प्रक्रिया र समयसीमाः

यस वर्ष ग्लोकल टीन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरहरूमा पुग्ने र किशोर किशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ । यो पूर्णतःनिशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीहरूले जततउकस्ररनयिअबतिभभलजभचय।अयmरलभउब।िमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। साथै, आफ्नो समुदायका परिवर्तनशीलकिशोरकिशोरीहरूलाई मनोनयनगर्ने सुविधापनिउपलब्धछ।आव ेदनआजबाट खुल्ला गरिएको छ र आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ । दुवै सहभागिता र मनोनयन आवेदन अनलाइन उपलब्ध छन् ।

छनोट प्रक्रियाः

आवेदन र कागजातको समीक्षा पछि, ग्लोकलको टुवान्टी अन्डर ट्वान्टीको छनोट गरिनेछ । यस छनोट प्रक्रियामा सहभागीहरूको पहल, प्रभाव र उपलब्धिलाई गहनरूपमा मूल्याङ्कन गरिनेछ । तत्पश्चात्, शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन् जसले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन् । उनीहरूको दूरदृष्टि, आचरण र कार्यको दिगोपनका आधारमा अन्तिम मूल्याङ्कन गरिनेछ ।

विशिष्ट निर्णायक मण्डलः

ग्लोकल टीन हिरो नेपाल२०२५ को ग्रान्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वहरूको एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टहरूको अन्तर्वार्ता र मूल्याङ्कन गर्ने कम्पनीले जनाएको छ । यसबर्ष जूरीमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लु डब्लु एफ नेपालका राष्ट्रिय निर्देशक डा.घन श्याम.गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेसका अध्यक्ष सुरज वैद्य र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन् । उनीहरूको नेतृत्व, विश्वव्यापी दृष्टिकोण र युवा सशक्तिकरणप्रतिको अटुट प्रतिबद्धताले नेपाल र विश्वका भविष्यका उज्ज्वल प्रतिभाहरूलाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

साझेदारहरूः

ग्लोकल प्राइभेट लिमिटेडले यस पहललाई सफल पार्नका लागि विभिन्न संघ संस्थासँग हातेमालो गरेको छ । यो ग्लोकल प्राइभेट लिमिटेडको एक पहल हो । यस यात्राको लागि शीर्षक साझेदारको रुपमा गोल्छा ग्रुप, रणनीतिक साझेदारको रूपमा युरोपेली संघ र भारतीय दूतावास काठमाडौं, नेपाल रहेका छन् । यसका साथै शैक्षिक साझेदारको रूपमा एम्बार्क कलेज रहेको छ । प्रमुख साझेदारको रूपमा होन्डा, कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या समूह, केएफसी, टोयोटा र रियल सूचीकृत छन् । बैंकिङ साझेदारको रूपमाःग्लोबल आईएमई बैंक, नबिल बैंक, र नेपाल एसबीआई बैंक लिमिटेड, नेपाल पर्यटन बोड प्रवद्र्धक साझेदार बनेको छ भने द सोल्टी काठमाडौं आतिथ्य सेवा प्रदायक साझेदार, वल्र्ड लिंक इन्टरनेट साझेदार, द काठमान्डु पोस्ट र कान्तिपुर एप मिडिया साझेदारको रूपमा छन् । हिमालय टिभी एचडी प्रत्यक्ष प्रसारण साझेदार, यती एयरलाइन्स एयरलाइन्स साझेदार, प्रिज्मा एडभर्टाइजिङ पीआर साझेदार, एनएनक्यू सूचना प्रवाह साझेदार र अन्ततः, पिज्जा हट र बेगानी ग्रुप समर्थकको रूपमा उल्लेखित गरिएका छन् ।

 

Health Tips Ad Road Block