Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एससीटी–युपिआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(एससीटी)ले जारी गर्दै आएको एससीटी–युपिआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको छ ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको जनाएको छ । अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी–युपिआई कार्डबाट पिओएस् मेसिनमार्फत टिकट खरिद गर्दा १०% छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युपिआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ । एससीटी–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युपिआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block