Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संस्कृति नीति चाँडै पारित गर्ने सरकारको तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति चाँडै पारित गर्ने तयारी गरिएको स्पष्ट पारेको छ । मन्त्री बद्री प्रसाद पाण्डेले प्रस्तावित संस्कृति नीति चाँडै मन्त्रीपरिषद्बाट पारित गराउने तयारी भइरहेको बताएका हुन् ।

हरेक संस्कृतिले आफ्नै सभ्यता र पहिचान बोकेको हुने भन्दै मन्त्री पाण्डेले नेपालको मौलिक संस्कृतिलाई अब अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले निजी क्षेत्रले यसमा योगदान गर्दै जानुपर्नेमा जोड दिँदै भनेका छन्, “संस्कृति कुनै पनि समाजको आत्मा हो। जसले मुलुकलाई जिवित राखेको हुन्छ ।’ मन्त्री पाण्डेले संस्कृति प्रवर्द्धन र संरक्षणमा सरकारको भूमिका नीतिगतस्तरमा केन्द्रित हुने बताउँदै त्यसको सफल कार्यान्वयनमा निजी क्षेत्रको योगदान अपरिहार्य रहेको बताएका छन् ।

नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो अवसरमा उनले जापानको अनुशासित, मर्यादित र सुसंस्कृत जीवनशैलीको प्रशंसा गर्दै नेपालले त्यहाँबाट प्रेरणा लिन सक्ने धारणा राखे र जापानी नागरिकहरूलाई नेपालको सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्न निमन्त्रणा पनि गरे ।

Health Tips Ad Road Block