ललितपुर । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । ललितपुरको भैंसेपाटीस्थित कार्यविनायक ट्रेड सप्लायर्सलाई आधिकारिक डिलरकोरूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।
शुक्रबार आयोजित औपचारिक समारोहमा कार्यविनायक ट्रेड सप्लायर्सका सञ्चालक मनिराज महर्जन र लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोश खेतानले संयुक्तरूपमा “एम्पोरियो” श्रेणी अन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै अभिनव चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।
बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ ।
कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटर प्रुफ रहेको कम्पनीको भनाइ छ । उच्च गुणस्तरको कच्चापदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा लेमिनार चार गुणा बढी टिकाउ भएको कम्पनीको दाबी छ ।