ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । कीर्तिपुरमा बिहीबार सम्पन्न सम्मेलनमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गरे ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् ।

सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भए भने आयोग अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन् ।

Health Tips Ad Road Block