Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नर्थ समिट हाइड्रोको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नर्थ समिट हाइड्रोको आईपीओ आउँदैछ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेडबीच नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्झौता भएको छ । नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८,४०,००० कित्ताको प्रति शेयर अंकित मूल्य रु.१०० का दरले हुन आउने रकम रु.३८,४०,००,००० बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

सम्झौता कार्यक्रममा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका भएर बग्ने न्यादी र फिदीखोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेगवाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।

Health Tips Ad Road Block