skip this News Page Tips Ad Road Block

मधेसमा सखुवाप्रसौनी र पटेर्वासुगौली सडक शिलन्यास

Citizenlife ad 2082 falgun to baishak 2083

पर्सा । मधेश प्रदेश सखुवाप्रसौनी र पटेर्वासुगौली सडक शिलन्यास सडकको शिलान्यास गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको सखुवाप्रसौनी गाउँपालिका –५ र पटेर्वासुगौली गाउँपालिका–१ मा सडकको शिलन्यास गरेका हुन् । मधेश प्रदेश सरकारको ९० लाखको बजेटबाट सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा निर्माण हुने सडक ढलानको शिलन्याससँगै मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिका–४ मा निर्माण हुने खेलकुद मैदानको पनि एक कार्यक्रमका बीच शिलन्यास गरेका छन् ।

सो अवसरमा मन्त्री गुप्ताले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फी विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत विकासको लहर सिर्जना गरेको बताए । सो कार्यक्रम आफ्नो मन्त्रालयमार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमीहिन र विपन्न वर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेशको समृद्धिका लागि सरकार लागि परेको उनले बताए ।

इमान्दारिताका साथ काम गरे भने अर्को वर्ष थप बजेट उपलब्ध गराउने छु तर तलमाथि भए फेरी फेरी आश नगर्नु होला ।’ मन्त्री गुप्ताले तराई मधेश सम्मृद्धि कार्यक्रम मधेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै सो कार्यक्रम मार्फत सडक, विद्यालय, स्वास्थ्य चौकी, पुल कल्भर्ट, समुम्बासी सामूहिक आवास, विभिन्न जातजातिको संस्कृति संरक्षणका लागि सामुदायिक भवनलगायतका संरचनाहरु निर्माण हुने बताए ।

तराई मधेशमा सीमा पारिको छिमेकी भन्दा बढी वारी नेपालमा विकासको आफ्नो चाहना रहेको बताउँदै त्यसका लागि आफू निरन्तर लागि परेको उनको दाबी छ । मन्त्रिपरिषद्मा मधेशका विभिन्न क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने योजना चलिरहेकाले उक्त योजना सफल पार्न आफू लागि परेको गुप्ताको भनाइ छ ।

Health Tips Ad Road Block