Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मिडिया मासिक लक्की ड्र २०८२ को विजेता बलराम कार्की

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मिडिया होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको न्यू इरा अफ स्मार्ट लिभिङ योजनाअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम केही दिन अघि फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ ।कार्यक्रमको प्रत्यक्ष प्रसारण मिडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।

यस लक्की ड्र कार्यक्रमअन्तर्गत काठमाडौं निवासी बलराम कार्कीले मासिक उपहारकोरूपमा ८केजी मिडिया वाशिङ मेसिन जित्न सफल भएका छन्।उनले चौधरी समूहअन्तर्गतको आधिकारिक मिडिया डिलरबाट मिडिया उत्पादन खरिद गरी योजनामा सहभागीता जनाएका थिए । खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो ।

मिडिया एक विश्वप्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड हो जसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ। नेपालमा मिडियाले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ, जसमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुक टप, राइस कुकर, डिश वाशर, भ्याकुम क्लीनर, वाटर प्युरीफायर, रुम हिटरलगायतका उपकरणहरू समावेश छन् । मिडियाका उत्पादनहरू विश्वस्त गुणस्तर, नवीन डिजाइन र उर्जा सक्षम प्रविधिमा आधारित छन्, जसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउने कम्पनीको भनाइ छ ।

सीजी इलेक्ट्रोनिक्स नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी मध्ये एक हो, जसले मिडिया होम अप्लायन्सेसको आधिकारिक वितरककोरूपमा काम गर्दै आएको छ । चौधरी समूहअन्तर्गत सञ्चालित यस संस्थाले देशव्यापीरूपमा डिलर नेटवर्कमार्फत मिडिया उत्पादनहरू उपलव्ध गराउँदै आइरहेको छ।

 

Health Tips Ad Road Block