Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि काठमाडौंमा पाँचौ संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ (एचटीएम) सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आजदेखि ‘हिमालयन ट्राभल मार्ट’ (एचटीएम) को पाँचौं संस्करण काठमाडौंमा सुरु हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्स, लगायत अन्य प्रमुख पर्यटन संघहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थाहरूसँगको सहकार्यमा नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मार्ट ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौं संस्करण आजदेखि जुन ५, २०२५ सम्म आयोजना हुने भएको छ । द सोल्टी काठमाडौँमा मार्ट सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय स्रोत बजारहरुमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवद्र्धनमा निरन्तर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको संस्था पाटा नेपाल च्याप्टरको ५० वर्षको ऐतिहासिक अवसर र अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्ष पूरा भएको विशेष अवसरमा उद्घाटन हुने हिमालयन ट्राभल मार्टको पाँचौं संस्करणको विशेष महत्व रहेको आयोजकको भनाइ छ ।

सन् २०१७ मा सुरु भई वार्षिकरुपमा हरेक जुन महिनामा काठमाडौँमा आयोजना हुने एचटीएम नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो, जसले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवरहरू र उद्योगका विविध क्षेत्रहरूमा संलग्न व्यक्तिहरूबीच अनुपम नेटवर्किङ, व्यावसायिक अवसरहरू र मूल्यवान उद्योग अन्तर्दृष्टिलाई बढावा प्रदान गर्ने बताइएको छ ।

पाँचौं संस्करणको एचटीएम–२०२५ ले विश्वव्यापी क्रेताहरु, विविध विक्रेताहरू, ट्राभल ब्लगरहरू, विज्ञ वक्ताहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया, ट्राभल प्रोफेसनल र विश्वभरका प्रतिनिधिहरूको उल्लेखनीय भेला गराउने आयोजकको दाबी छ ।

यसवर्ष हामीले एचटीएममा १०० भन्दा बढी अन्तर्राष्ट्रिय पाहुनाहरूसहित नेपालको सार्वजनिक तथा निजी क्षेत्रमा आवद्ध पर्यटनकर्मी तथा सरोकारवालाहरु गरी ३० भन्दा बढी मुलुकहरुबाट करिब ७०० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने अपेक्षा गरेका छौँ।’ आयोजकले भनेको छ ।

नेपाललाई विश्वसामु “नेपालः हिमालयको प्रवेशद्वार“, साहसिक, सदावहार र सवल केन्द्रकोरुपमा स्थापित गर्ने दृष्टिकोण र उद्देश्यका साथ यस मार्टले पर्यटन व्यवसाय प्रवद्र्धन, सामसामयिक संवाद र प्रगतिशील सम्बन्ध तथा साझेदारी विस्तारमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । यसवर्ष हामीले मार्टलाई ज्ञानमूलक सम्वाद र सम्मेलन गन्तव्य प्रवद्र्धन र क्रेता विक्रेताहरुबीच फलदायी व्यापार आदन प्रदान र सम्बन्ध विस्तारलाई थप प्रभावकारी बनाउने पक्षमा केन्द्रीत गरेका छौँ।’ आयोजकको भनाइ छ ।’

Health Tips Ad Road Block