काठमाडौं । यात्रुहरुले राइड शेयरिङका नाममा ठगी भएमा १०३ मा कल गर्न सक्ने भएका छन् ।
नेपाल प्रहरीले राइड शेयरिङ यापमार्फत कुनैपनि ठगी भएमा १०३ मा कल गरी जानकारी दिन भनेको हो ।
प्रहरीले सूचनामा भनेको छ, ‘विभिन्न राइड शेयरिङ यापमार्फत यात्रुहरुलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।’






















