skip this News Page Tips Ad Road Block

बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।

“कम्तिमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढी पहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ,” उनले भने । सामान्यभन्दा बढी पानी पर्ने अनुमान यसवर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुझ बनाउन सरकार लागिरेहको उनको भनाई थियो ।

उनले मौसम पूर्वसूचना प्रणालीको बारेमा जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्नसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताए । जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई थियो ।

उर्जामन्त्री खड्काले विद्युत विद्येयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताएका छन् । बजेटको बीचमा विद्येयक ल्याउन सकिए उर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।

Health Tips Ad Road Block