काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आलुबालीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित दोस्रो आलु सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री रामनाथ अधिकारीले कृषिको कुल ग्राहस्थ उत्पादनमा ६.३५प्रतिशत योगदान रहेको आलु बालीको प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको बताएका छन् ।
सरकारले आलुको सिकाई केन्द्र स्थापना , बीउ तथा भण्डारणमा कृषकहरुलाई अनुदान , शीतभण्डार लगायतका पूर्वाधार निर्माणका कार्य भइरहेको मन्त्री अधिकारीले उल्लेख गरे ।
किसानहरुलाई विषादीको अनधिकृतरुपले प्रयोग नगर्न र सरकारले प्रमाणिकरण गरेको विषादी मात्र प्रयाेग गर्न आग्रह गरेका छन् । आफैंलाई हानी पुर्याउने विषादीको प्रयोगमा ध्यान दिनुपर्ने उनले बताए । आलु क्षेत्रको दिर्घकालिन विकासमा सम्मेलनले योगदान गर्ने आशा उनले व्यक्त गरे ।





















