skip this News Page Tips Ad Road Block

‘एसियाली राष्ट्रको साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामिण जीविका जस्ता चुनौतीहरुको सामना गर्न सकिने बताएका छन् । एशियाली राष्ट्रहरुको खाध तथा कृषि सहकार्य (अफासी) को ७ औं साधारणसभामा काठमाडौंमा मन्त्री अधिकारीले अफासीले एशियाली राष्ट्रहरुबीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य, नविनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्वपूर्ण मञ्चको रुपमा काम गरेको उल्लेख गर्दे सदस्य राष्ट्रहरुबीचको सहकार्यमार्फत कृषि रुपान्तरणका लागि नयाँ अवसरहरु सृजना गर्न सकिनेमा जोड दिए । कृषि अनुसन्धानलाई सुदृढ बनाउन, दिगो खेतीपातीको अभ्यासलाई प्रवद्र्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चको रुपमा कार्य गर्नुपर्नेमा उनको जोड थियो ।

साधरणसमभामा अफासीका सदस्य राष्ट्रका प्रतिनीधिहरुको सहभागिता रहेको छ । तीन/तीन वर्षमा आयोजना हुने आगामी साधरण सभा इन्डोनेसियामा आयोजना हुने निर्णय भएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)० का कार्यकारी निर्देशक कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

आजै काठमाडौंमा आयोजित दोस्रो आलु सम्मेलनलाई सम्बोधन गर्दे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको कुल ग्राहस्थ उत्पादनमा ६ .३५ प्रतिशत योगदान रहेको आलु बालीको प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको बताएका छन् ।

सरकारले आलुको सिकाई केन्द्र स्थापना, बीउ तथा भण्डारणमा कृषकहरुलाई अनुदान, शीतभण्डार लगायतका पूर्वाधार निर्माणका कार्य भइरहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

Health Tips Ad Road Block