skip this News Page Tips Ad Road Block

विश्व दूध दिवसको अवसरमा दूधपान कार्यक्रम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा “दूधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मुल नाराका साथ दूध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतना मुलक दूधपान कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं. ७, स्थित रोजमेरी एकेडेमी स्कुलमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जनको अध्यक्षयता र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दूधपान कार्यक्रम आयोजनाबारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले भने,“एसोसिएसन विगत केही वर्ष देखि निरन्तर दूघ तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिककरणमा क्रियाशिल रहेको र मौलिक उत्पादन मोही प्रबर्द्धनका लागि परेको कुरा बताउँदै कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुमा सदैव सकारात्मक सोचको आवश्यकता रहेको कुरा बताए । केन्द्रीय दुग्ध सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले निरन्तर यस्ता कार्यक्रम गरि एसोसिएसनले दूध खपतमा ठूलो सहयोग पुर्‍याएको कुरा बताउँदै आम विद्यार्थीहरुमा अन्य पेय पदार्थ एवं जन्क फुड सेवन नगर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले दूध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको बताए । बालबालिकाकाबीच दूध तथा दुग्धपदार्थको बारेमा जानकारी गराउँदै एसोसिएसनले विभित्र समयमा विभित्र गतिविधि गरेकोमा उनले खुशी व्यक्त गरे । महासंघका केन्द्रीय सदस्य लिलेन्द्र प्रसाद प्रधानले नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई साथ दिँदै मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषणा गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत एक हजारजनाभन्दा बढी विद्यार्थीहरुलाई दूधपान गराइएका थियो । साथै नेपाल डेरी एसोसिएसनका सात वटै प्रदेश, २५ वटा जिल्लालाई केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व दूध दिवस मनाउन निर्देशन समेत गरिसकेको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए । अन्य विभिन्न स्थानमा पनि विद्यार्थीहरुलाई निशुल्क दुध सेवन गराउने कार्यक्रम रहेको कुराको जानकारी केन्द्रीय सदस्य रमेश सञ्जेलले बताए । प्रत्येक वर्ष आयोजना गरिने मुल समारोह यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्ड एवं विभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा हेटौंडामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीको प्रमुख अतिथ्यितामा सम्पन्न हुने कुरा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य एवं एसोसिएसनका सहकोषाध्यक्ष रामभक्त दाहालले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लिलेन्द्र प्रसाद प्रधान, केन्द्रीय दूध उत्पादक संघका कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दूध विकास बोर्डका शंकर अधिकारी, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, केन्द्रीय सदस्य रमेश सञ्जेल, नेपाल कृषि तथा पशुपन्छि व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारी, विद्यालयका प्रधानाध्यपक दुर्गा प्रसाद दाहाल, शिक्षकशिक्षिका, एसोसिएसनका पूर्व केन्द्रीय पदाधिकारी एवं सदस्य प्रतिनिधि लगायत सरोकारवाला संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एसोसिएसनले उपस्थित सबैलाई दूध तथा दुग्धजन्य पदार्थ सेवन गराउँदै मायाको चिनो स्वरुप दूध तथा दुग्धजन्य पदार्थ वितरण गरेको थियो ।

 

Health Tips Ad Road Block