काठमाडौं । बुढानिलकण्ठ रैथाने कृषि बजार एवं कोसेली घर दोस्रो वर्षमा प्रवेश गरेको छ । ‘मिसावटरहित सुरक्षित खाद्यान्न र विषादीरहित फलफूल, तरकारी’ को मुल नारा बनाएको बजार एवं कोसेली घर दोस्रो वर्षमा प्रवेश गरेको हो ।
यो एक अभियान दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भोलि शनिबार हाट बजारमा उपलब्ध सम्पूर्ण सामग्रीमा भारी छुटको व्यवस्था गरिएको बजार एवं कोशेली घरका संचालक एवं बुढानिलकण्ठ नगर उद्योेग वाणिज्य संघका अध्यक्ष महेश भण्डारीले बताएका छन् ।
अध्यक्ष भण्डारीले यस कार्यमा सहयोग गर्ने नगरपालिका प्रमुख एवं परिवार, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, नेपाल उध्योग वाणिज्य महासंघसहित सबै सरोकारवालालाई धन्यवाद दिएका छन् ।
दोस्रो वर्ष प्रवेसको यो अवसरमा यो अभियानमा निरन्तर लागेर सुलभ मूल्यमा गुणस्तरीय उत्पादनहरु बिक्री, वितरण गर्दै जाने प्रतिबद्धता पनि उनले जनाएका छन् ।





















